पुर्व मन्त्री भानुभक्त जोशीले पार्टीको खुला तर्फको उपाध्यक्षमा उम्मेदवारी दिए
नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।
सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका जारी गरिए अनुसार अहिले दिउँसो २ बजेदेखि वेलुका ५ बजे सम्म चुनाव हुनेछ । चुनावमा बझाङ्ग जिल्ला बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री भानुभक्त जोशीले पार्टीको खुला तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस