Techie IT
२०८३ भाद्र १४, आइतबार

दैलेखमा गाडी दुर्घटना, पाँचजनाको मृत्यु


सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ।

प्रहरीका अनुसार दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नंको गाडी अनियन्त्रित भई सडकबाट झण्डै दुई सय मिटर तल खस्दा दुर्घटना भएको हो।

गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काले घाइतेहरूको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जानकारी दिएका छन् । उक्त गाडीमा ३० जना सवार थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट