Techie IT
२०८२ भाद्र १२, बिहीबार

पाँचथरमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते


पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–६ ढकाल गाउँमा ना४खा ७१२३ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा हिलिहाङ–३ निवासी ५७ वर्षीय भवानीशङ्कर पौडेलको मृत्यु भएको हो।

दुर्घटनामा ट्रक चालक इलामको सूर्योदय नगरपालिका–१२ का तेजबहादुर दास र ट्रकका धनी झापा बिर्तामोड नगरपालिका–१ चारपानेका राजकुमार बस्नेत घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि झापा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साह तेलीका अनुसार ब्रेक फेल भएर ट्रक करिब ५० मिटर तल खसेको हो। उक्त ट्रक काठका गोलिया लिएर फिदिम जाँदै गरेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट