Techie IT
२०८३ असार २९, सोमबार

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भेटेरिनरी अध्ययनतर्फ ५० कोटा थप


कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ। योसँगै, अब यो सङ्कायमा ५० कोटाको अतिरिक्त कुल १०० विद्यार्थीले अध्ययन गर्न पाउनेछन्।

सङ्कायका डीन प्रा. डा. होमबहादुर बस्नेतका अनुसार, नेपाल भेटेरिनरी काउन्सिलबाट अस्थायी मान्यता प्राप्त गरी थप ५० सिटका लागि विद्यार्थी भर्ना गर्न सूचना प्रकाशित गरिएको छ। विश्वविद्यालयले कात्तिक १३ गते सूचना जारी गर्दै, आगामी मङ्सिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीबाट आवेदन मागेको छ।

साविक ५० कोटामा योग्यताक्रम (मेरिट)का आधारमा २०, प्रादेशिक सात, स्थानीय दुई, छात्रा दुई, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्ग, द्वन्द्वपीडित र सहिद परिवार र कर्मचारी कोटामा एक/एक जनालाई पूर्ण तथा आंशिक सहुलियतसहित भर्ना गरिने व्यवस्था छ। थप ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले रु. १२ लाख शुल्क किस्ताबन्दीमा बुझाउनु पर्नेछ।

यसका साथै, मत्स्य विज्ञानका २१ सिटको लागि आवेदन खुला गरिएको छ । यसका लागि विद्यार्थीहरूले रु. ३ लाख १० हजार शुल्क बुझाउनुपर्ने विश्वविद्यालयले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट