Techie IT
२०८२ भाद्र १०, मंगलबार

लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । प्रहरीले सभापति लामिछानेलाई आज कार्यालय समय खुले लगत्तै म्याद थपका लागि अदालत लगेको थियो ।     
    
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति लामिछाने यही कात्तिक २ गते पक्राउ परेका थिए । 

उनलाई कात्तिक ४ गते पहिलो पटक अदालत उपस्थित गराइएकामा पहिलो पटक पक्राउ परेको मितिले सात दिन र दोस्रो पटक कात्तिक ७ गते थप सात दिन म्याद थप गरिएको थियो । 

कात्तिक २० गते तेस्रो पटक कात्तिक १५ गतेदेखि लागू हुने गरी १० दिनको अनुसन्धान समय दिइएको थियो । सभापति लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट