Techie IT
२०८३ श्रावण १२, मंगलबार

माधव नेपालको सचिवालयका भिन्दाभिन्दै लिस्टले रामकुमारी झाँक्री पराजित


Photo: Ramkumari Jhakri Fb

नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन सकिएको झण्डै दुई महिनापछि नयाँ पदाधिकारी चयन गरेको छ। केन्द्रीय कमिटी र सचिवालयमा सहमति नजुटेपछि मनोनित केन्द्रीय कमिटीका सदस्यबाट पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भए पनि अन्य पदमा चर्को प्रतिस्पर्धा देखियो। एमालेबाट विभाजन भइ गठन भएको तीन वर्षपछि एकीकृत समाजवादीमा गुटबन्दी छरपष्ट हुने गरी प्यानल निर्वाचन भएको हो। 
महासचिव घनश्याम भुसालले सम्मानजनक प्रतिनिधित्व मागे पनि सहमति नजुटेपछि निर्वाचनमा अध्यक्ष माधव नेपाल र भुसाल समूहका आ-आफ्नै प्यानल थिए। अध्यक्ष नेपालको सचिवालयबाट दुई फरक लिस्ट वितरण हुँदा संस्थापन पक्षका केही नेता पराजित भए। ती दुई लिस्टका कारण भुसाल समूहका पाँच नेता विजयी भए। नेतृ रामकुमारी झाँक्री नेपाल समूहका फरक लिस्टकै कारण पराजित भइन् । 

नेपालको सचिवालयबाट स्वकीय सचिव मोहन गौतम र लक्ष्मण केसीले भिन्नाभिन्नै लिस्ट वितरण गर्दा संस्थापन पक्षका केही नेता पराजित भए। रामकुमारी झाँक्रीको पराजित लाई पार्टी भित्र र अन्य पार्टीका शुभ चिन्तकहरुले पनि निकै दुखःद भएको भनि सामाजिक सँजालमा लेखिरहेका छन् ।

भुसाल समूहबाट महिला उपाध्यक्षमा जयन्ती राई, मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भए। सचिवमा बलदेव चौधरीले जिते । यो निर्वाचनले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई उजागर गरेको छ। 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट