Techie IT
२०८२ चैत्र ४, बुधबार

भक्तपुरमा ९४ वर्षीया वृद्धा शंकास्पद अवस्थामा मृत फेला


सांकेतिक

भक्तपुर नगरपालिका–३ स्थित दरबार स्क्वायर इछुगल्लीमा ९४ वर्षीया विष्णुकुमारी त्वायना आफ्नै घरको चौथो तलामा शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। 

उनको मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन्।

घटनाको थप अनुसन्धानका लागि केनाइन टोलीसहित प्रहरी खटिएको छ भने फरेन्सिक टोलीले अनुसन्धान थालेको छ। प्रहरीले हत्या आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। 

मृतकको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट