Techie IT
२०८२ भाद्र २८, शनिबार

दुर्गम गाउँमा आँखा शिविर

तमानखोला गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क आँखा शिविरबाट ७८६जना लाभान्वित भएका छन्।


तमानखोला गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क आँखा शिविरबाट ७८६जना लाभान्वित भएका छन्। तमानखोलागाउँपालिका र लायन्स क्लबकोसंयुक्त आयोजनामा भएको यस शिविरकोपहिलो दिन बुधबार ५४६जना र दोस्रो दिनबिहीबार २४० जना नागरिकलेसेवा लिएका थिए।

शिविरमा सहभागी ६९ जना बिरामीकोमोतियाबिन्दुको शल्यक्रिया गरिएको छ भने अन्यलाईआँखाको जाँचसँगै निःशुल्क चश्मा र औषधि उपलब्धगराइएको छ। एक जनाबिरामीको आँखाभित्र पलाएको मासु शल्यक्रियामार्फत हटाइएकोतमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।

नागरिकको सहजताका लागि शिविर दुईस्थानमा सञ्चालन गरिएको थियो— पालिकाको केन्द्र बोङ्गादोभान आधारभूत अस्पताल र तमान स्वास्थ्यचौकीमा।यस शिविरको प्राविधिक सहयोग नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरार धवलागिरि आँखा अस्पताल बागलुङलेगरेको थियो, भने ताकम फाउण्डेसनलेसहयोग पुर्याएको थियो।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले तमानसम्मल्याउने र लैजाने व्यवस्थागरेको थियो। स्थानीय प्रेम बुढामगरले भने, "गाउँमै भएको आँखा शिविरलेबूढापाकालाई धेरै सहज बनाएकोछ। आँखाको सामान्य उपचारका लागि पहिले बागलुङर पोखरा जानुपर्ने बाध्यता थियो, तर यस शिविरलेहामीलाई ठूलो सहयोग पुर्याएकोछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट