Techie IT
२०८३ जेष्ठ ११, सोमबार

झापामा छिमेकीको फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा युवक पक्राउ


झापा जिल्लाको बाह्रदशी गाउँपालिका–५ फुलबारीमा छिमेकीको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय मान कुमार राजवंशी रहेका छन्। प्रहरीले जानकारी दिएअनुसार, पुरानो रिसिइबीका कारण विवाद बढ्दै गएपछि राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई फलामको रडले प्रहार गरेका थिए।

घटनामा माझी गम्भीर घाइते भएका थिए, र उनलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। तर, गम्भीर चोटका कारण उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीले घटनाको जानकारी पाएपछि राजवंशीलाई घटनास्थलबाटै फलामको रडसहित नियन्त्रणमा लिएको थियो। अहिले उनलाई इलाका प्रहरी कार्यालय, अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा पुरानो विवादले नै यो घटनालाई निम्त्याएको संकेत दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट