Techie IT
२०८२ कार्तिक ११, मंगलबार

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी


सुनसरीको इटहरी उपमहानगरपालिका–१०, खनारमा भएको सवारी दुर्घटनामा साइकल सवार एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय सम्झना यादव रहेको जानकारी सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले दिएका छन् ।

इटहरीबाट विराटनगरतर्फ गइरहेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि बस चालक भागेपछि आक्रोशित स्थानीयहरूले खनारको नहर नजिकै उक्त बसमा आगजनी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट