Techie IT
२०८२ चैत्र १०, मंगलबार

अमेरिकी गुप्तचर प्रमुखको नेपाल भ्रमण रहस्यमय


अमेरिकी सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल केथ सी फिलिप्सको नेतृत्वमा चार सदस्यीय टोलीले नेपालको गोप्य भ्रमण गरेर फर्किएको खुलासा भएको छ। सैनिक स्रोतका अनुसार फिलिप्स नेतृत्वको टोली सिंगापुर एयरलाइन्सको उडानमार्फत काठमाण्डौं आएका थिए।

सैनिक मुख्यालयमा उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका फिलिप्सले स्वयम्भुको भ्रमण पनि गरेका थिए। यद्यपि, नेपाली र अमेरिकी दुवै पक्षले यो भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन्।

रक्षा गुप्तचर मामिला हेर्ने अमेरिकी सेनाका दुई तारे जर्नेलको भ्रमणबारे सैनिक प्रवक्ता सहायकरथी गौरव केसीले अनभिज्ञता प्रकट गरेका छन्। यसले यो भ्रमणलाई झनै रहस्यमय बनाएको छ। होटल मेरियटमा बसेका फिलिप्सले काठमाण्डौंको स्वयम्भुको भ्रमण गर्नुका साथै सेनाका उच्च अधिकारीसंग सैनिक मुख्यालयमा भदौ ७ मा भेटवार्ता गरेको गरेको सैनिक स्रोतले जानकारी दिएको छ । उनि भदौ ८ मा कतार एयरबाट दोहा हुंदै अमेरिका फर्केका थिए ।

के थियो भ्रमणको उद्देश्य?

अमेरिकी गुप्तचर प्रमुखको नेपाल भ्रमणको उद्देश्य अझै स्पष्ट हुन सकेको छैन। केही स्रोतहरूले यो भ्रमणलाई चीनसँगको बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा हेरेका छन् । नेपाल चीनसँगको व्यापारिक तथा रणनीतिक सम्बन्ध विस्तार गर्दै गएको बेला अमेरिकी अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

#USArmy #ARMYintelligence 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट