Techie IT
२०८२ भाद्र १०, मंगलबार

साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईं पाँच दिन थुनामा


साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रसाईंलाई मंगलबार दिउँसो भक्तपुरको कमेरोटार स्थित निजी निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई अपराध अनुसन्धान विभाग (सीआईबी) को साइबर सेलको आग्रहमा ‘साइबर क्राइम’ सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका थिए। उनले कम्बोडियामा प्रधानमन्त्री ओलीको टेलिकम क्षेत्रमा लगानी रहेको दाबी गर्दै बयान दिएका थिए, जसका कारण यो मुद्दा झन् चर्चामा आएको छ।

यसअघि पनि प्रसाईं विभिन्न विवादमा परेका थिए। असोज ६ गते उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य टीका संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले साइबर अपराधको अभियोगमा उनीविरुद्ध आवश्यक प्रमाण संकलन गर्न थप समय मागेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट