Techie IT
२०८३ असार २९, सोमबार

स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका छन् ।

अस्पतालले आयोजना गरेको कार्यक्रममा उनले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।     
    
उनले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा मङ्सिर १ गतेदेखि निःशुल्क रुपमा सुरु भएको जानकारी दिएका थिए ।
    
क्यान्सर भएका बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् र रोगको समयमै पहिचान गरी ज्यान बचाउन सकियोस् भन्ने उद्देश्यले उपचार सेवा निःशुल्क सुरु गरिएको मन्त्री पौडेलले बताए ।     
    
कर्मचारीदेखि जनप्रतिनिधिसम्म, सरकारीदेखि निजी निकायसम्मका सबै कर्मचारीले आफ्नो मासिक तलबको दुई प्रतिशत रकम बिमा कोषमा जानेगरी व्यवस्था गर्नसके आमनागरिकलाई बिमामार्फत निःशुल्क उपचार गर्न सकिने उनले बताए ।     
    
मन्त्री पौडेलले भने, “मन्त्रालयले नक्कली बिमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बिमा ऐनमा संशोधन गरी नक्कली बिल पेस गरेर दाबी गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने र नक्कली बिमालाई स्वीकृत गर्ने डाक्टर र कर्मचारीलाई बर्खास्त गर्ने सम्मको व्यवस्था आवश्यक छ ।”     
    
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उनले नेपालमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताएका थिए ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट