विश्व च्याम्पियनसिपका लागि ढुक्क, तयारी थाल्नुस्: टङ्कलाल घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिवटङ्कलाल घिसिङले तेस्रो थाउलो विश्व कपका कांस्य पदकविजेता उसुका विजय सिन्जालीलाई आगामीविश्व च्याम्पियनसिपको तयारीमा जुट्न सल्लाह दिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिवटङ्कलाल घिसिङले तेस्रो थाउलो विश्व कपका कांस्य पदकविजेता उसुका विजय सिन्जालीलाई आगामीविश्व च्याम्पियनसिपको तयारीमा जुट्न सल्लाह दिएका छन्।
आज त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य–सचिव घिसिङले विजयलाईबधाई दिँदै भने, “विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अघि बढ्नुस्, बाँकी कुरामा चिन्ता गर्नुपर्ने छैन। परिषद् आवश्यकसहयोगको लागि तयार छ।”
सदस्य–सचिव घिसिङले विजयलाईएरिका गुरुङ र पलेशा गोवद्र्धनजस्तैरणनीतिक खेलाडीको सूचीमा राखिने जानकारी पनि दिएका छन्।
विजयले गत अक्टोबरमा जापानकोयोकोहामा भएको तेस्रो थाउलोविश्व कपमा कांस्य पदकजितेका थिए। यसअघिको चीनकोउसु प्रतियोगितामा २७ प्रतिस्पर्धीमध्ये पाँचौँ स्थानहासिल गर्दै थाउलो विश्वकपका लागि छनोट भएकाथिए।
विजयले रियादको विश्व कम्ब्याट, १२ औं सागमारजत र १३ औंसागमा स्वर्ण पदक जितेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस