Techie IT
२०८२ माघ १८, आइतबार

गोरखामा विषादी प्रयोगबाट कृषकको स्वास्थ्यमा जोखिम, सरकार द्वारा अध्ययन समिति गठन


गोरखा: गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अत्यधिक विषादी प्रयोगका कारण कृषकहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिएको घटना सार्वजनिक भएपछि सरकारले यसको गहन अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बिस युक्त होइन, बिस मुक्त उत्पादनमा जोड दिँदै आए पनि एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आएपछि यो कदम चालेका हुन्। मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा गठित यस कार्यदललाई प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।

पोख्रेल नेतृत्वको कार्यदलले बुधबारदेखि नै प्रभावित क्षेत्रमा पुगेर अध्ययन सुरु गरिसकेको छ। उनीहरूले स्थानीय कृषक, स्वास्थ्यकर्मी र स्थानीय तहसँगको समन्वयमा यस विषयमा विस्तृत अध्ययन गर्नेछन्। अध्ययनबाट प्राप्त हुने तथ्यांकका आधारमा सरकारले थप आवश्यक कदम चाल्ने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट