Techie IT
२०८३ असार २४, बुधबार

विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला


सांकेतिक

विभिन्न स्थानमा ८ जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। 

काठमाडौंको सुन्दरीजलमा ५२ वर्षीय नरबहादुर राई, टोखा खरिबोटमा ५५ वर्षीय अर्जुनकुमार राई, र दक्षिणकालीको जंगलमा करिब ६० वर्षीय अज्ञात पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी, दक्षिणकाली चाल्नाखेलका २५ वर्षीय सञ्जीवकुमार कटवाल आफ्नै घरमा र कालिमाटी शालिकचोकमा ४२ वर्षीया जानुका सुर्खेती शुक्रबार मृत भेटिएका छन्।

सिन्धुपाल्चोकको तारकेनीस्थित हुन्दुङ खोल्सामा ७० वर्षीय टिका बहादुर विश्वकर्मा र दाङको डाँडागाउँमा ५२ वर्षीय बुद्धिराम चौधरी पनि मृत अवस्थामा भेटिएका छन्।

सुनसरी बराहक्षेत्रस्थित कोशी नदीको भङ्गालोमा करिब ३५ वर्षीय अज्ञात पुरुषको शव फेला परेको छ।

प्रहरीले यी सबै घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट