Techie IT
२०८२ भाद्र १०, मंगलबार

करिब १ सय ८५ किलो गाँजा सहित पिकअप चालक पक्राउ


सिन्धुली, कमलामाई नगरपालिका-९ चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८५ किलोग्राम सहित चितवन भरतपुर महानगरपालिका-६ बस्ने ३९ वर्षीय शेर बहादुर लामालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २२८० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक लामालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट