Techie IT
२०८२ मंसिर १, सोमबार

प्रियंका गान्धी वायनाड उपनिर्वाचनमा विजयी, ४ लाखभन्दा बढी मतान्तर


भारतीय कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा लोकसभा सदस्यमा विजयी भएकी छन्। केरलको वायनाड क्षेत्रमा भएको उपनिर्वाचनमा उनले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का उम्मेदवार सथ्यन मोकेरीलाई ४ लाख १० हजारभन्दा बढी मतान्तरले पराजित गरिन्।

भारतीय निर्वाचन आयोगका अनुसार प्रियंकाले कुल ६ लाख २२ हजार मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेका सथ्यन मोकेरीले २ लाख ११ हजार मत ल्याए भने भारतीय जनता पार्टी (बीजेपी) की उम्मेदवार नाभ्या हरिदासले १ लाख ९ हजार मत प्राप्त गरिन्।

राहुल गान्धीको सिट बहिनीलाई
गत असारमा सम्पन्न लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट जित हात पारेका थिए। तर, उनले नियम अनुसार एउटा सिट त्याग्नुपर्ने भएपछि वायनाड क्षेत्र छाडेर बहिनी प्रियंकालाई उम्मेदवार बनाए।

प्रियंकाको यो जितले कांग्रेस पार्टीलाई थप उत्साह प्रदान गरेको छ भने दक्षिण भारतमा कांग्रेसको प्रभाव बलियो हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट