Techie IT
२०८२ वैशाख २३, मंगलबार

डिजिटल सवारी अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई ५१ थान मोबाइल हस्तान्तरण


डिजिटल सवारी चालक अनुमतिपत्र (डिजिटल लाइसेन्स) नियमनलाई सहज बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई मोबाइल फोन हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले डिजिटल चलान कार्यान्वयनमा यी मोबाइल फोनहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । साथै, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा यस्ता सहकार्यले प्रभावकारी योगदान पुर्‍याउने धारणा पनि राखे ।

ई-सेवाका प्रमुख कार्यकारी खड्काले हस्तान्तरण गरिएका मोबाइलहरूले ट्राफिक प्रहरीद्वारा अपनाइएका नयाँ प्रविधिलाई सहयोग पुर्‍याउने बताउँदै, ट्राफिक प्रहरीको कामलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, ई-सेवाका पदाधिकारी, तथा वरिष्ठ प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट