Techie IT
२०८३ जेष्ठ ३, आइतबार

क्यानडाबाट फर्किएको दोस्रो दिनमै एक जोडीले गरे आत्महत्या


सांकेतिक

काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीया शर्मिला माझी मृत अवस्थामा फेला परेका छन्। उनीहरू शनिबार मात्र क्यानडाबाट नेपाल फर्केका थिए।

प्रहरीका अनुसार, रमेश र शर्मिला दम्पती होटलको चौथो तलाको १२० नम्बर कोठा भाडामा लिएर बसेका थिए। उनीहरूले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो। घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, यस घटना आत्महत्या हो भन्ने अनुमान गरिएको छ। उनीहरूको पासपोर्टअनुसार, २०२२ मा क्यानडामा गएपछि यो जोडी पहिलो पटक नेपाल फर्किएको देखिन्छ। घटनास्थलमा ‘सुसाइड नोट’ फेला परेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट