Techie IT
२०८२ भाद्र २८, शनिबार

प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले दिए राजीनामा


प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबारदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।

सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार अधिकारीले स्वास्थ्य समस्यालाई कारण देखाउँदै राजीनामा दिएका छन्। गिरीले भने, "उहाँले स्वास्थ्य समस्याका कारण सोमबारबाट लागू हुने गरी राजीनामा दिनुभएको हो।"

अधिकारीलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिव पदमा नियुक्त गरेका थिए।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अधिकारीको राजीनामा हालसम्म स्वीकृत भइसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट