Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन


वेष्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी चाडविक वाल्टन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। कर्णाली याक्स टोलीमा अनुबन्धित वाल्टन मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलमा सहभागी हुन मंगलबार साँझ नेपाल पुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स र नेपाल क्रिकेट संघका प्रतिनिधिले वाल्टनलाई भव्य स्वागत गरे । कर्णाली याक्सले विदेशी खेलाडीको सुदृढ उपस्थिति सुनिश्चित गर्न वाल्टनसहित पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ।

वाल्टनले एनपीएलमा आफ्नो प्रदर्शनबाट नेपाली क्रिकेट प्रेमीलाई मनोरञ्जन दिने र टोलीको उपाधि यात्रा सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। कर्णाली याक्सका कप्तान र व्यवस्थापन टोलीले वाल्टनको आगमनले टोलीलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटको स्तर अझै उचो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट