Techie IT
२०८३ जेष्ठ ११, सोमबार

रौतहटको गढीमाई–८: एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी


रौतहटको गढीमाई नगरपालिका–८ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगी प्रसाद यादव विजयी भएका छन्। उनले ६५५ मत प्राप्त गर्दै नेकपा एमालेकी उम्मेदवार जीउती देवी यादवलाई पराजित गरेकी हुन्।

मतपरिणाम:
बजरंगी प्रसाद यादव (एकीकृत समाजवादी): ६५५ मत
जीउती देवी यादव (एमाले): ६३१ मत
सुवोद कुमार यादव (कांग्रेस): ६१७ मत
प्रतिस्पर्धा निकै नजिकको देखिएको यस निर्वाचनमा एकीकृत समाजवादीले सानो अन्तरले जित हासिल गरेको छ। कांग्रेसका उम्मेदवार तेस्रो स्थानमा सीमित हुँदा मुख्य प्रतिस्पर्धा समाजवादी र एमालेबीच भएको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट