Techie IT
२०८३ जेष्ठ ११, सोमबार

डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी केन्द्रका झाक्री विजयी


डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले १६१ मत ल्याउँदै वडाध्यक्षमा जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाए।

यो जितसँगै माओवादी केन्द्रले सो वडामा २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट गुमाएको स्थान फिर्ता गरेको छ। गत निर्वाचनमा एमालेका नन्दलाल रोकाले १०८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत पाएका थिए।

झाक्रीको जितले माओवादी केन्द्रलाई स्थानीय तहमा नयाँ उर्जा थपेको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट