Techie IT
२०८३ कार्तिक ४, मंगलबार

माओवादीले खोस्यो काङ्ग्रेसको नलगाड उपप्रमुख

कांग्रेस–माओवादी गठबन्धनको विरासत तोड्दै माओवादीले यसपटक आफ्नो पकड बलियो बनाएको छ।



जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन्। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा लामिछानेले ४,२७२ मत प्राप्त गर्दै जित सुनिश्चित गरिन्।

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३,१४७ मत प्राप्त गरिन्।

२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले नलगाडको उपप्रमुखमा विजय हासिल गरे पनि यसपटक कांग्रेसले आफ्नो स्थान जोगाउन असफल रह्यो। कांग्रेस–माओवादी गठबन्धनको विरासत तोड्दै माओवादीले यसपटक आफ्नो पकड बलियो बनाएको छ।

लामिछानेको जितले नलगाडको राजनीतिक संरचनामा नयाँ समीकरण ल्याएको छ भने माओवादी केन्द्रको प्रभाव थप सुदृढ भएको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट