Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

ऊर्जा क्षेत्रका अनुभवी अधिकारी ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त


नेपाल सरकार, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार ऊर्जा क्षेत्रका विज्ञ प्रवल अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको छ।

काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का स्थायी बासिन्दा अधिकारीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। नेपाल विद्युत् प्राधिकरणमा लामो समयसम्म कार्यरत रही उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका उनी झन्डै तीन दशकदेखि देशको ऊर्जा क्षेत्रमा सक्रिय रूपमा संलग्न छन्।

विशेषत ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण र ऊर्जा नीति निर्माणका क्षेत्रमा उनी निकै जानकार मानिन्छन्। आफ्नो लामो अनुभव र ज्ञानलाई सदुपयोग गर्दै उनी नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। उनले आफ्नो नियुक्तिलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताउँदै देशको ऊर्जा क्षेत्रलाई थप सुदृढ बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

 

#Ministry_of_Energy 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट