Techie IT
२०८३ जेष्ठ ११, सोमबार

माओवादीको निष्कर्ष: एक्लै चुनाव लड्ने निर्णयमा जनताको समर्थन


नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने आफ्नो निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ। बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पार्टी पदाधिकारी बैठकले उपचुनावको समीक्षा गर्दै यस्तो निष्कर्षमा पुगेको हो।

बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको उल्लेख गरे। उनले उपचुनावमा माओवादीले राम्रो जनमत पाएको दाबी गर्दै आगामी २०८४ सालको चुनावका लागि तयारी थालिने जानकारी दिए।

अब पार्टीको ध्यान पालिका अधिवेशन र खबरदारी सभामा केन्द्रित हुने सापकोटाले बताए। माओवादीको यो कदमले संगठन सुदृढीकरण र आगामी चुनावी रणनीतिमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट