Techie IT
२०८३ श्रावण ८, शुक्रबार

रविलाई भेट्न हिरासत पुगे बाबुराम


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कास्की प्रहरी कार्यालय पुगेका छन्। सहकारी रकम अपचलन मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका लामिछानेलाई भेट्न भट्टराई शुक्रबार बिहान पोखरा पुगेका हुन्।

रास्वपाका नेता दीपक बोहराका अनुसार, भट्टराईले लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थिति जनाएका थिए। लामिछाने कात्तिक ३ देखि प्रहरी हिरासतमा रहेका छन्। अनुसन्धानका क्रममा उनी रुपन्देही, काठमाडौं र चितवन समेत लगिएका थिए, भने अब उनलाई पर्सा लैजान बाँकी रहेको बताइएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईले यसअघि हिरासतमा राख्नुको सट्टा लामिछानेमाथि अनुसन्धान बाहिरै राखेर अघि बढाउन सकिने धारणा सार्वजनिक रूपमा व्यक्त गरेका थिए। उनले यो प्रकरणलाई कानुनी प्रक्रिया अनुसार निष्पक्षताका साथ समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट