Techie IT
२०८२ भाद्र १०, मंगलबार

सहकारी ठगी प्रकरण: फरार जीबी राईको पासपोर्ट रोक्का


सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध र जिल्ला सरकारी वकिल कार्यालय कास्कीको पत्राचारका आधारमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको हो।

विदेश यात्रा रोक्न रोकिने 
राहदानी रोक्का भएपछि राईलाई विदेश पलायन हुन र विदेशमा भए एक देश बाट अर्को देश जानबाट रोक्न र स्वदेश फिर्ता गरी कानुनी कारबाही अघि बढाउन सजिलो हुने अपेक्षा गरिएको छ। ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका राईमाथि देशका विभिन्न स्थानमा सहकारीको बचत रकम अपचलन गरेको आरोप लाग्दै आएको छ।

राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवाद, मानव बेचबिखन, लागूऔषध कारोबारजस्ता गम्भीर अपराधमा संलग्न भएको ठहर भएमा राहदानी रोक्का गर्न सकिन्छ। यो प्रावधानको उपयोग गर्दै ठगी अभियोगका फरार अभियुक्त राईको पासपोर्ट रोकिएको हो।

राईले सञ्चालन गरेका पाँच सहकारी संस्थाहरू— स्वर्णलक्ष्मी सहकारी, सूर्यदर्शन सहकारी, सहारा चितवन सहकारी, सानोपाइला सहकारी, र सुप्रिम सहकारी—मा बचतकर्ताहरूको अर्बौं रुपैयाँ ठगी गरिएको दाबी गरिएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट