Techie IT
२०८२ भाद्र १२, बिहीबार

"जय नेपाल कप" क्रिकेटको ब्राण्ड एम्बेसडरमा निमा रिन्जी शेर्पा चयन


नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय “जय नेपाल कप” टी-२० क्रिकेट प्रतियोगिताको ब्राण्ड एम्बेसडरका रूपमा विश्व कीर्तिमान कायम गरेका १८ वर्षीय पर्वतारोही निमा रिन्जी शेर्पा चयन भएका छन्।

प्रतियोगिता आउँदो महिनामा सुरू हुने घोषणा गरिएको छ। यस प्रतियोगितामा विभिन्न विश्वविद्यालयका टिमहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन्।

नेपाल विद्यार्थी संघका अनुसार यो प्रतियोगिता शिक्षा र खेलकुदको सहकार्यलाई प्रोत्साहन गर्न आयोजना गरिएको हो। प्रतियोगिताबाट युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने र अन्तर्राष्ट्रियस्तरमा नेपाललाई खेलकुद मार्फत चिनाउने उद्देश्य राखिएको संघले जनाएको छ।

विश्वको कान्छा पर्वतारोहीका रूपमा चर्चा कमाएका निमा रिन्जी शेर्पाको ब्राण्ड एम्बेसडर चयनले प्रतियोगिताको गरिमा थप उचो बनाउने विश्वास गरिएको छ। प्रतियोगिताको विस्तृत तालिका र सहभागी टोलीहरूको नामांकन प्रक्रिया छिट्टै सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट