एनपीएल सिजन–३: काठमाडौं गोर्खाज र क्लाउड एजुकेसन भिसाबीच मुख्य साझेदारी
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि फ्रेन्चाइज टिम काठमाडौं गोर्खाज र क्लाउड एजुकेसन भिसाबीच आधिकारिक साझेदारी भएको छ। “टुगेदर फर द गेम : अ पार्टनरसिप फर क्रिकेट” भन्ने मुख्य नाराका साथ घोषणा गरिएको यो सहकार्यको प्रमुख उद्देश्य नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुदसँग सम्बन्धित विविध गतिविधिहरूलाई थप प्रोत्साहन गर्नु रहेको छ।
क्लाउड एजुकेसन भिसाका अनुसार, युवा पुस्तामा क्रिकेटप्रतिको आकर्षण अझै बढाउन र खेलकुद क्षेत्रको दीगो विकासमा निजी क्षेत्रको सहभागितालाई फराकिलो बनाउन यस साझेदारीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
एनपीएलको आगामी संस्करणलाई लक्षित गर्दै गरिएको यो सहकार्यले टिमको तयारी र मनोबललाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस