Techie IT
२०८३ श्रावण १२, मंगलबार

बालेन भारतीय खुफिया "र" बाट निर्देशित एजेन्ट हुन्ः  अनेरास्ववियु अध्यक्ष समिक बडाल


नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष समिक बडालले काठमाण्डौं महानगरपालिका मेयर बालेन शाह भारतिय खुफिया ऐजेन्सिको निर्देशनमा चल्ने परिचालित पात्र हुन् भनेर आरोप लगाएका छन् ।

आज राती फेसबुकमा पोष्ट गर्दै मेयर  बालेनले साङ्ग्रीला होटेलको पछाडी एउटा घर भाडामा लिएर भारतिय खुफिया एजेन्टहरुलाई भेट्ने गरेको र उनिहरुबाट निर्देशित भएर नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको भनेका छन् । वालेन र वडालका समर्थकहरुले नेता बडालको फेसबुक पोष्टमा एक हजार भन्दा बढी कमेन्टमा प्रतिक्रिया गरेका छन् भने असि भन्दा बढी शेयर भएको छ । 

स्मरण रहोस्  आज बेलुका  मेयर वालेन शाहले सामाजिक सञ्जालमा नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले घरमा  ८ वर्षदेखि नावालिका लाई घरेलु कामदारका रुपमा शोषण गरिरहेको र महानगरले वालकको उद्धार गर्न खोज्दा सरकारले सहयोग नगरेको र अदालत बाट समेत मुद्दा चलाउ भनिसकेको अवस्थामा वर्तमान सरकारले  सहयोग नगरेको भनि प्रधानमन्त्री केपी ओली माथि कटाक्ष गरेका थिए । 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट