हामीले ईपीजी रिपोर्टको विषय उठाएनौं - मन्त्री राणा
नेपालका परराष्ट्रमन्त्री आरजु देउवा राणाले हालै सम्पन्न भारत भ्रमणका क्रममा ईपीजी रिपोर्टको विषयमा कुनै औपचारिक कुराकानी नभएको बताएकी छन्। उनले मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यस्तो जानकारी दिएकी हुन्।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्तामा दुई देशबीचका विभिन्न विषयमा छलफल भए पनि ईपीजी रिपोर्टको विषयलाई प्राथमिकतामा राखिएन।
मन्त्री राणाले भनिन्, “हामीले ईपीजी रिपोर्टको विषय उठाएनौं, उनीहरूले पनि उठाएनन्। दुवै देशका प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल/कारबाही हुन्छ होला भन्नेमा आशावादी छु।”
ईपीजी रिपोर्ट नेपाल र भारतका विज्ञहरू मिलेर तयार पारिएको एक प्रतिवेदन हो। यस प्रतिवेदनमा दुई देशबीचका ऐतिहासिक, राजनीतिक, र सीमासम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्दै समाधानका उपायहरू सुझाव दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस