Techie IT
२०८३ जेष्ठ ३, आइतबार

औरही बजारमा विद्युत् सट भई आगलागी


महोत्तरी, १९ पुस – महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा बुधबार राति विद्युत् सट भई आगलागी भएको घटनामा १० लाख रुपैयाँ भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार, फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा आगलागी भएको हो। आगलागीबाट मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा ठूलो क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार, उक्त आगलागीको कारण नष्ट भएको धनमालको प्रारम्भिक अनुमान १० लाख रुपैयाँ भन्दा बढी रहेको छ। यसअघि पनि महोत्तरीका बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट