बालेनको कार्यशैलीमाथि उपमेयर सुनिता आक्रोसमा
काठमाडौं महानगरपालिकामा नदी किनारको मुद्दामा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच विवाद उत्पन्न भएको छ। सर्वोच्च अदालतको फैसला अनुसार नदी किनारमा २०/२० मिटरको मापदण्ड लागू गर्ने निर्णयपछि महानगरले जारी गरेको सूचनालाई लिएर उपमेयर डंगोलले मेयर शाहमाथि प्रश्न उठाएकी हुन्।
डंगोलले यति संवेदनशील विषयमा कार्यपालिकाको बैठक नबसी मेयरस्तरीय निर्णय भन्दै सूचना जारी गरिएकोमा आपत्ति जनाएकी छन्। उनले अदालतको फैसला कार्यान्वयन गर्दा जनताको भावनालाई पनि ध्यान दिनुपर्ने बताएकी छन्।
उपमेयर डंगोलले पनि मेयरमाथि प्रश्न उठाइन् । अदालतको फैसला पालना गर्नु सबैको दायित्व भएको उनले बताइन् । तर अदालतको फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने पनि महत्वपूर्ण हुने उनले बताइन् ।
महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उनले भनिन्, ‘यो सबै जनाको निर्णय हो कि होइन ?’
जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन् । स–साना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको भन्दै उनले भनिन्, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’



तपाईको प्रतिक्रिया दिनुहोस