Techie IT
२०८२ चैत्र ५, बिहीबार

ट्रकको ठक्करबाट महिलाको मृत्यु


भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो तीव्र गतिमा आएको ट्रकले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले स्कुटी जाँच गरिरहेको समयमा काँउसल्ताबाट गठ्ठाघरतर्फ आउँदै गरेको ट्रकले स्कुटीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रकले स्कुटीसहित चालकलाई करिब सय मिटर घिसारेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसबाट महिलाको शव क्षतविक्षत भएकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रक तोडफोड गरेका थिए । उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले अवस्थिति नियन्त्रणमा लिन हस्तक्षेप गरेको थियो । त्यसपछि भक्तपुर–कोटेश्वर र साँखु–जडीबुटी–पेप्सिकोला सडकखण्डमा यातायात ठप्प भएको थियो ।

प्रहरीले भीडलाई तितरबितर पारेपछि अवस्था नियन्त्रणमा आएपछि मात्र सडक सुचारु भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट