Techie IT
२०८२ चैत्र १०, मंगलबार

सिरहामा १० लाखभन्दा बढीको चाँदीसहित युवक पक्राउ


प्रतिकात्मक फोटो

सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रूपैयाँभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार बेलुका ७ बजे लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र विश्वकर्मालाई करिब आठ किलो चाँदीका गहनासहित पक्राउ गरेको हो ।

प्रहरीले पैदलयात्रीले बोकेको कालो रङको झोला जाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित दिपेन्द्रलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भइरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट