Techie IT
२०८३ वैशाख १६, बुधबार

जनकपुर बोल्ट्सको उपाधि जितेको खुसीयालीमा सखुवा प्रसौनी गाउँपालिकामा भोलि बिदा


जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ। मधेस प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै बोल्ट्सले उपाधि जितेपछि गाउँपालिकाले यस्तो निर्णय लिएको हो।

शनिबार बसेको गाउँ कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए। आइतबारका लागि सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीहरूमा अति आवश्यक सेवाबाहेक बिदा हुने सूचनामा उल्लेख छ।

गाउँपालिकाले बोल्ट्सको सफलताले मधेस प्रदेश र गाउँपालिकाको नाम देशभर उचो बनाएको भन्दै बिदा मार्फत यो खुसी साझा गर्न चाहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट