Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

प्रधानसेनापति शर्माको बिदाइ: नेपाली सेनामा पुर्‍याउने योगदानको प्रशंसा


 नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले आजबाट अवकाश पाएका छन्। तीन वर्षे कार्यकाल पूरा गरेर शर्माले सेनाबाट बिदा भएका हुन्। करिब ४२ वर्षे लामो सैनिक जीवन यात्रा पूरा गरेका शर्मालाई बुधबार सैनिक मुख्यालयमा आयोजित विशेष समारोहबीच भावपूर्ण बिदाइ गरिएको हो ।

विदाई समारोहमा बोल्दै कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले महारथी शर्माले नेपाली सेनाको साख र प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याउन पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले शर्माको सन्तुलित जीवन, शालीन शैली र जटिल परिस्थितिहरूलाई वस्तुपरक ढंगले सामना गर्ने क्षमताबाट आफू निकै प्रभावित भएको बताए । "महारथी शर्माले नेपाली सेनाको नेतृत्व गर्दा देखाएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहनेछ," सिग्देलले भने ।

प्रधानसेनापति शर्माले पनि आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सम्पूर्ण सक्कलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए। उनले नेतृत्व परिवर्तन सेनामा नियमित प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयनमा सबैको सहयोग पाएकोमा खुशी व्यक्त गरे।

"म आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण र विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञ छु," शर्माले भने।

विदाई समारोहमा कामु प्रधानसेनापति सिग्देलले महारथी शर्मालाई सम्झनास्वरूप उपहार प्रदान गरेका थिए । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट