Techie IT
२०८३ जेष्ठ १०, आइतबार

रविको बयान सकियो, थुनछेक बहस अनिश्चित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको रवि लामिछानेको बयान सकिएको छ । कास्की अदालतमा हिजो (बिहीबार)देखि सुरु भएको बयान आज (शुक्रबार) सकिएको हो ।  

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । 

लामिछानेको बयान सकिएसँगै इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । 

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट