Techie IT
२०८३ जेष्ठ १०, आइतबार

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव र एकताबद्ध प्रयासबाट देशको समृद्धि सम्भव हुने बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव र एकताबद्ध प्रयासबाट देशको समृद्धि सम्भव हुने बताएका छन्।
नेपाल संवत् ११४५ को अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौँ महानगर कमिटीद्वारा वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले एकताबद्ध प्रयासले मुलुकलाई शान्त र समृद्ध बनाउन मद्दत गर्ने बताए। उनले सबै तहका नेता र कार्यकर्तालाई यस दिशामा लाग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले कला, संस्कृति र सभ्यतामा धनी भएको नेपालले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव कल्याणका लागि काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौँ उपमहानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल लगायत अन्य नेताहरू सहभागी थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट