Techie IT
२०८३ जेष्ठ १०, आइतबार

उमेरहद निर्वाचन : फर्जी मतको दिग्विगीले अखिल क्रान्तिकारीमा फेरि विवाद


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)मा फेरि विवाद उत्पन्न भएको छ । ३२ वर्षे उमेरहद खुला गर्ने वा नगर्ने भन्ने विषयले विवाद उत्पन्न भएको हो । 

नेतृत्वका लागि ३२ वर्षे उमेरहद खुला गर्ने वा नगर्ने भन्ने विषयमा निर्वाचन हुँदा केही जिल्लामा फर्जीमत परेपछि विवाद उत्पन्न भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ । 

बाजुरा, बैतडी, गुल्मी र मोरङमा फर्जीमत परेपछि निर्वाचनको अन्तिम परिणाम रोकिएको छ । मतदान केन्द्रका मत हाल्ने प्रतिनिधि वास्तविक नभई फर्जी भएको उजुरी परेपछि अन्तिम परिणाम रोकिएको प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले बताए । उनका अनुसार सम्बन्धित स्थानबाट कागजात प्राप्त भएपछि मतपरिणाम सार्वजनिक हुने बताएका छन् । 

अखिल (क्रान्तिकारी)को पौष १३ गते भएको उमेरहद सम्बन्धी निर्वाचनको भूगोल र गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचन सम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले परिणाम रोकिएको छ । कागजपत्र प्राप्त भएपछि मतरिणाम सार्वजनिक गरिने भन्दै सूचनासमेत प्रकाशित गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट