Techie IT
२०८३ जेष्ठ १०, आइतबार

माओवादी विद्यार्थीको विवाद उत्कर्षमा पुगेपछि प्रचण्डले हतारिँदै बोलाए पदाधिकारी बैठक


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को निर्वाचनमा फेरि विवाद भएको छ । उक्त निर्वाचनमा फर्जीमत परेको भन्दै विवाद उत्पन्न भएको हो । 

हिजो (शनिबार) सम्पन्न उमेरहद खुला गर्ने वा नगर्ने विषयमा निर्वाचन भएको थियो । निर्वाचनमा बाजुरा, बैतडी, गुल्मी र मोरङमा फर्जीमत परेको भन्दै विवाद भएको हो । विवादकै कारण हालसम्म परिणाम सार्वजनिक गरिएको छैन । 

अखिल (क्रान्तिकारी)को विवाद समाधान हुनुको साटो उत्कर्षमा पुगेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय जनार्दन शर्मा ‘प्रभाकर’ र शक्तिबहादुर बस्नेतसँगै अन्य पदाधिकारीहरू खुमलटार पुगेका छन् । 

यद्यपि माओवादीले स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक बैठक बोलाइएको भने पनि विद्यार्थीको विवाद समाधान गर्न पदाधिकारीहरू खुमलटार पुगेको स्रोत बताउँछ । यतिबेला प्रचण्डसँग गुरुङ, शर्मा र बस्नेतसँग छलफल गरिरहेका छन् भने अन्य पदाधिकारी बाहिर घाम ताप्दै बसेका छन् । 

पदाधिकारी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दिउँसो ३ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट