Techie IT
२०८३ श्रावण ११, सोमबार

प्रचण्डको आक्रोश: सत्तारुढ दलका नेताहरूले संविधानको अपमान गरे


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। शहीद शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘राउण्ड किक् हानेको’ भनेर दिएको अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले भने, “प्रधानमन्त्रीमा बसेका मान्छेले यस्तो अभद्र भाषा प्रयोग गर्नु दुःखद हो। अब जनताले यस्ता नेताहरूलाई पाठ सिकाउनेछन्।”

पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्धलाई सशस्त्र संघर्ष भनेर उल्लेख गरिएको भन्दै सत्तारुढ दलका नेताहरूले संविधानको अपमान गरिरहेको आरोप लगाए। उनले भने, “अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भनेर दुस्साहस गर्ने गरेका छन्। यो संविधानको स्पष्ट उल्लेखको विपरीत हो। हामीले संविधानको यथार्थलाई जनतामा पुर्‍याउनुपर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट