Techie IT
२०८२ चैत्र ९, सोमबार

कुलेश्वरमा ५४ वर्षीय पुरुषले बालिकालाई करणी गरेको आरोपमा पक्राउ


काठमाडौँको कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षीय पुरुषलाई एक बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले घरबाटै पक्राउ गरेको छ। पीडित बालिका विगत ६ वर्षदेखि सोही घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्।

बालिकाले आफूमाथि पछिल्लो ३ वर्षदेखि लगातार जबरजस्ती करणी भइरहेको बताएकी छिन्। अहिले १७ वर्षकी भएकी पीडितले आफू जोखिममा रहेको जानकारी महानगरपालिकाले सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट तथा होस्टलजस्ता स्थानमा रहेका बालबालिकाको अवस्था अध्ययन गर्न परिचालित इन्टर्न विद्यार्थीहरूलाई दिएकी थिइन्।

इन्टर्न टोलीले बालिकाको सुरक्षाको लागि तयार पारेको प्रतिवेदनको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो। काठमाडौँ महानगर प्रमुखको सचिवालयका सदस्य धिरज जोशीले यसलाई प्रतिवेदनमात्र नभई जाहेरीकै रूपमा लिएर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।

हाल पक्राउ परेका पुरुषलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ। काठमाडौँ महानगरपालिकाले हालसम्म ५१ जना जोखिममा रहेका बालबालिकाको उद्धार गरिसकेको छ, जसमा २७ बालिका र २४ बालक छन्। तीमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको र बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जानकारी दिएका छन्। उद्धार गरिएका बालबालिकालाई सुरक्षा, शिक्षा, तथा स्वास्थ्य सेवाको सुनिश्चिततासहित सुरक्षित वातावरणमा पुनः स्थापना गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट