Techie IT
२०८२ चैत्र ९, सोमबार

तीजको रौनकसँगै सारीको व्यापारमा वृद्धि


नेपाली बजारमा सारीको माग बढ्दै गएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो ।

विभागका अनुसार गत साउनमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी, लुंगी र धोती आयात गरिएको छ । यसमध्ये अधिकांश सारी भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी आयात भएको छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको छ। इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।

गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो। गत वर्ष भारत, चीन, इन्डोनेसिया, अमेरिका, बेलायत लगायत विभिन्न मुलुकबाट सारी आएको थियो। भारतबाट मात्रै ३ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख ६३ हजार ७९ थान सारी आएको थियो । चीनबाट भने ३ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सारी आयात भएको विभागले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट