Techie IT
२०८२ भाद्र ५, बिहीबार

संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकको रूपमा नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको रूपमा संगीता पहाडीलाई नियुक्त गरिएको छ।


नेपाल टेलिकमको प्रबन्ध निर्देशकको रूपमा संगीता पहाडीलाई नियुक्त गरिएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो। पहाडी गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत थिइन्।

संगीता पहाडीले २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरको रूपमा सातौँ तहबाट सेवामा प्रवेश गरेकी थिइन्। पछि २०७८ माघ १८ मा उनी नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्।

सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित छनोट समितिले असार २०, २१ र २२ मा १६ उम्मेदवारलाई कार्ययोजना प्रस्तुत गर्न र अन्तर्वार्ता लिनका लागि बोलाएको थियो। समितिले तीन जनाको सर्टलिस्ट तयार पार्दै पहाडी, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा, र विमल आचार्यको नाम सिफारिस गरेको थियो।

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको मन्त्रिपरिषद्ले संगीता पहाडीलाई प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट