Techie IT
२०८३ श्रावण ११, सोमबार

माओवादी लाई हिंसाको महिमामण्डन गर्न छोड्न ओलीको चेतावनी



प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) लाई हिंसाको महिमामण्डन गर्न छोड्न चेतावनी दिएका छन्। शनिवार काठमाडौंमा आयोजित २१औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले माओवादी युद्धलाई लिएर प्रश्न उठाउँदै भने, “त्यस्तो महान थियो भने किन छोडेको त्यो बाटो? किन आउनुपर्यो शान्ति प्रक्रियामा? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो।” उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्ने बताए।

आफूले पनि झापा आन्दोलनताका लिएका नीतिहरु बदलेर अघि बढेको स्मरण गर्दै ओलीले भने, “मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ। त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ। बदल्नुपर्दथ्यो, बदलियो पनि।”
उनले हिंसाको महिमामण्डन गरेर देश अघि बढ्न नसक्ने भन्दै त्यसले फेरि खतरा ल्याउने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट