Techie IT
२०८२ मंसिर ३, बुधबार

लखनऊमा भवन भत्किँदा चारको मृत्यु, दर्जनौँ फसे


भारतको लखनऊस्थित यातायात नगर क्षेत्रमा एउटा भवन भत्कँदा आज बिहान कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्तिहरू भग्नावशेषमा पुरिएका छन् ।

लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले घटनाको पुष्टि गर्दै मृतकको संख्या चार पुगेको बताएका छन्। उनका अनुसार, हालसम्म २८ जनालाई जीवितै उद्धार गरिएको छ ।

स्थानीय प्रशासनका अनुसार, भत्किएको भवनमा अझै धेरै व्यक्तिहरू फसेको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्यमा नेपाल राष्ट्रिय प्रकोप उद्धार बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्निनियन्त्रक र प्रहरी टोलीहरू खटिएका छन्।

लखनऊ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने, “भवन भत्किँदा धेरै मानिसहरू फसेका छन्। उद्धार कार्य जारी छ।” प्रमुख अग्निनियन्त्रक अधिकृत (सीएफओ) मंगेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताए।

घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले भग्नावशेष पन्छाएर फसेकाहरूको खोजी गरिरहेका छन्। घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट