हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा अघि बढाउन राप्रपा नेपालको प्रतिबद्धता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा राष्ट्रवादी शक्तिहरूको एकताको आवश्यकतामा जोड दिएका छन्। उनले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल भएको उल्लेख गर्दै सत्ता केन्द्रित नभई सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
काठमाडौँको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले नेपाली राजनीति ध्रुवीकृत हुँदै गएको र साम्यवादी तथा पुँजीवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने बताए। विगतका त्रुटिबाट पाठ सिकेर अघि बढ्दै एकताको न्यूनतम सर्त सिद्धान्त केन्द्रित नीति र आन्दोलन हुनुपर्ने उनको भनाइ छ।
थापाले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्न आन्दोलनको तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गर्दै नेता तथा कार्यकर्तालाई अहिलेदेखि तयारीमा जुट्न निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस